Sajhedari Daily
Latest News from Nepal

कलैयाको गंगापुरमा ५० शैयाको आइसोलेसन सञ्चालनमा आयो

बाराको कलैया स्थित गंगापुरमा सुविधा सहितको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । कलैया उपमहानगरपालिकाको गंगापुरमा रहेको जिल्ला शिक्षा कार्यालय बाराको तालिम केन्द्रको भवनको आइतबार रातीदेखी अक्सिजन सहितको आईसोलेशन संचालन गरिएको हो ।

सो आइसोलेसन वाडमा अत्यावश्यक पर्ने अक्सिजन ग्यास समेतको ५० बेडको आइशोलेशन सेन्टरको निर्माण गरिएको कलैया उपमहानगरपालिकाले जनाएको छ । उक्त आइसोलेसनमा आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधाहरू पनि व्यवस्था गरिएको छ।

कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख तथा आईशोलेसन सेन्टरका फोकल पर्सन अजय कुमार जयसवालका अनुसार आइतबार राती ९ बजे सम्म ५० वटा भरेको अक्सिजन ग्यास सिलिन्डर सेन्टरमा राखिएको जनाएका छन ।

त्यसैगरी सो आइसोलेसन संचालनमा आए पश्चात त्यहाको स्थलगत अनुगमन पनि गरिएको थियो। सो अनुगमन कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राययादव, बाराका प्रजिअ सुरेन्द्र पौडेल, बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साह, कलैया अस्पतालका मेसु गौरव महतो लगायतको सहभागिता रहेको जानकारी गराइएको छ ।