Sajhedari Daily
Latest News from Nepal

लकडाउन हो कि गढिमाई को मेला हो ?

कोरोना भाइरस संक्रमण देशभर नै तीव्र गतिमा बढिरहेको छ । संक्रमितको संख्या बढ्दै तथा गएपछि संक्रमण नियन्त्रणका लागि बारा प्रशासनले अनिश्चितकालिन जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर बाराको कलैया तथा आसपासका क्षेत्रमा निषेधाज्ञा शून्य अथवा नाम मात्रको देखिएको छ ।

निषेधाज्ञामा जारी भएपनि त्यसको पालना प्रभावकारी नहुँदा यस्यो नाजुक अवस्था देखिएको हो । संक्रमित र मृतकको संख्या दिनहु बढिरहे पनि संक्रमण नियन्त्रणकै लागि जारी निषेधाज्ञाको अवज्ञा भएको छ ।

बजार क्षेत्रका स्वास्थय मापदण्डको पालना नहुनु र भिडभाड्का कारण निषेधाज्ञा पालना गराउने सम्बन्धित निकाय पनि चुकेको देखिन्छ । चोकचोकमा प्रहरी खटिए पनि निषेधाज्ञा पालना गराउन ऊनीहरुलाई हम्मेहम्मे परेको छ ।

सडकमा मानिसहरू सामान्य अवस्थाकै जस्तो निस्किएका छन् । निषेधाज्ञामा पनि चहलपहल उस्तै छ । सोमवार कलैयाको हाट बजारलाई प्रशासनले बन्द गराएपछी बरेवामा तरकारी बेच्ने को निकै घुइँचो नै देखिएको थियो ।

प्रशासनले ११ बजे सम्म मात्र व्यावसाय संचालन गर्न पाईने भएपछि त्यसको पालना भएको छैन ।