Sajhedari Daily
Latest News from Nepal

कलैयामा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३० जाले गरे रक्तदान

यस्तो विषम परिस्थितिमा पनि कलैया सिटी जेसिस र जिनियस डान्स एकेडेमीको संयुक्त आयोजनामा कलैयामा सोमवार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कलैया उपमहानगरपालिका वडा नं. १ स्थित रहेको श्रीराम जानकी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रमको संविधानसभा सदस्य प्रमोद गुप्ताले उद्घाटन गरेका थिए ।

कोभिड –१९ को यो विषम परिस्थितिमा अन्य रोगका बिरामीहरु जस्तै गर्भवती महिला, मेजरअप्रेसन गर्नू पर्ने बिरामी, डीयलासिस, थेलेसमिया लगायतका बिरामीहरुलाई रगतको अभाव भै एकदमै कठिनाई भएकोले उक्त रक्तदान कार्यक्रम गरिएको आयोजकहरुले जनाएका छन ।

सो रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो। कलैया सिटी जेसिजका अध्यक्ष शम्भु गुप्ताको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कलैया सिटी जेसिजका पुर्व अध्यक्ष धानिलाल साह सोनार, जिनियस डान्स एकेडेमीका सञ्चालन अंकुश व्याहुत, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि विरेन्द्र झा लगायतका जेसिस र एकेडेमीका पदाधिकारीहरु, सदस्यहरू, पत्रकार लगायतको अतिथिहरूको सहभागिता रहेको थियो।

Comments are closed.

error: Content is protected !!