Sajhedari Daily
Latest News from Nepal

अबैध सम्बन्ध लुकाउन बारामा दुई जना नाबालक दाजुभाईको हत्या

बाराको कलैया उपमहानगरपालिका वडा नं.७ रंगपुुर बस्ने दुुई जना नाबालकको घाँटी रेटी हत्या गर्ने अभियुुक्तलाई बारा प्रहरीले शनिवार सार्बजनिक गरेको छ ।

प्रहरीले सोही ठाउ वस्ने २५ का सरफुुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । अंसारीले नै ती नाबालकहरुको हत्या गरेको प्रहरीको अनुशन्धानबाट खुलेको छ ।

नाबालकको आमासँगको हिमचिम र दुुबैबिचको अबैध सम्बन्ध लुुकाउँन दुुई जना नाबालकको हत्या भएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिएका छन ।

मृत्तक बालकहरुको आमा र अभियुक्त बिचको सम्बन्धको बिषयमा मृतक बच्चाहरूलाई थाहा थियो । ईदमा आफ्नो बुवा आउदा सबै कुरा भनी दिन्छु भनी मृतकहरूले भन्ने गरेको र आफ्नो र मृतकहरूको आमा बिचको सम्बन्धको भेद खुल्ने डरले अभियुक्तले बालकहरुको हत्या गरेको प्रहरी नायब उपरिक्षक मिश्रले बताए । बालकहरुको बुुवा तीन बर्ष देखि बिदेश रोजगारको सिलसिलामा कतारमा रहेका छन् ।

मृतकहरूको आमा माइतीतर्फ गएकी र घरमा बच्चाहरू मात्र भएको मौका छोपी अभियुक्तले बच्चाहरूलाई लोभ लालच देखाई एकान्त स्थलमा बोलाई हत्या गरेका हुन । अभियुक्तले भाउजु नातामा पर्ने मृतकहरूको आमासँग छोराहरूलाई घरमा नै छाडी छोरीहरूलाई मात्र साथमा लिई भारततर्फ भाग्न बारम्बार दवाब दिने गरेका थिए ।

मृतक बालकहरूको आमाले छोराहरूलाई छाडन नमानेकोले सोको लागि मृतकहरू अभियुुक्तको लागि बाधक साबित भएको प्रहरीले जनाएको छ ।

यही जेठ ३ गते साँझ करिब ७ बजेदेखी ९ बर्षिय अमान अंसारी र ७ बर्षिय उसमान अंसारी हराईरहेका थिए । उनीहरुको शब त्यसको भोलि पल्ट जेठ ४ गते उपमहानरपालिका वडा नं.११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधिन भवनको कोठामा फेला परेको थियो ।

मृतकहरूकी आमा, एक दिदि र एक बहिनी गरी परिवारमा ५ जना मात्रै छुटै घरमा बस्दै आएका थिए । तालिम प्राप्त कुकुर सहितको ९ जना विशेषज्ञ प्रहरी टोलीको सहयोगमा घट्नाको सुक्ष्म अनुुसन्धान गरि अभियुुक्त पक्राउँ गर्न सफल भएकोे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।