Sajhedari Daily
Latest News from Nepal

कलैयाको भरत चौकमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुतला दहन

असंबैधानिक र अलोकतान्त्रिक तरिकाले दोस्रो पटक गरिएको संसद विघटनको विरोधमा आईतवार बाराको कलैयामा विरोध प्रदर्शन गरिएको छ।

समाजवादी युवा संघ बाराको नेतृत्वमा गरिएको प्रर्दशनमा राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा संविधान विपरीत कामा गरेको जनाउदै उनीहरुको पुतला दहन गरिएको थियो। सो अवसरमा प्रर्दशनकारीहरुले संसद पुर्ण स्थापन गर, विधि र नीतिमा देश चलाउने गर लगायतको नारा सहित सो प्रदर्शन गरेका थिए ।

समाजबादी युवा संघ बारा जिल्ला अध्यक्ष सुजित कुमार पाण्डेयको नेतृत्वमा भएको सो विरोध प्रदर्शनमा समाजबादी युव संघ वरिष्ठ उपाध्यक्ष शशी दास, समाजबादी युवा संघ कलैया नगर अध्यक्ष सन्जय केशरी लगायत युवा संघका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।