Sajhedari Daily
Latest News from Nepal

नागरिकता सम्बन्धी अध्यादेशको जसपाको राजपा समूहद्वारा स्वागत

नेपाल सरकारद्धारा जारी गरिएको नागरिकता सम्बन्धी अध्यादेशको जनता समाजबादी पार्टी नेपालको राजपा समुहले कलैयामा स्वागत गरेको छ।

पार्टीका नेता तथा कार्यकर्ताहरुले विधेयले लाखौं नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान जसलाई अद्यावधि नेपाली नागरिकताबाट वञ्चित राखिएकोले स्वागत गरिएको जनाएको छन ।

नता समाजबादी पार्टी बाराका राजपा पक्षधरले विधेयको सर्मथनमा खुशी व्यक्त गर्दै कलैयाको मुख्यचौक दीप प्रज्वलन गरी स्वागत गरेको हो ।

अवसरमा जनता समाजवादी पार्टीका विभिन्न नेता गणहरु, पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको जसपाका नेता सर्फुल्लाह अंसारीले गराएका हुन ।