Sajhedari Daily
Latest News from Nepal

बारा प्रहरीले तेल ट्याङ्करबाट २ सय १८ किलो लागु औषध गाँजा बरामद

बारा प्रहरीले पथलैया चोक स्थित तेल ट्याङ्करबाट आज २ सय १८ किलो लागुु औषध गाँजा बरामद गरेको छ । बिशेष सुुचनाको अधारमा प्रहरी नायब निरिक्षक अजय रामको कमाण्डमा गएको प्रहरीकोे टोलीले तेल ट्याङ्करबाट गाँजा अनलोड गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

१९ पोका ट्याङ्करमा राखिएको करिब २ सय १८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरीका कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिनुुभयो ।

प्रहरीले ट्याङ्करका चालक र सहचालकलाई समेत पक्राउँ गरिएको प्रहरी निरिक्षक यादबले जानकारी दिनुुभयो । ना ४ फ २९७९ नम्बरको खाली ट्याङ्करबाट मोहम्मद आलमले सञ्चालन गरेको रामरहिम मोटर ग्यारेजमा गाँजा राख्दै गरेको अवस्थामा पक्राउँ गरिएको हो ।

पक्राउँ पर्नेमा चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नं.८ बस्ने बर्ष ३४ का घनश्याम गिरी र सहचालक जिल्ला चितवन खैरनी नगरपालिका वडा नं.२ बस्ने बर्ष २२ का रामकुुमारी द्वाडी रहेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखि थप अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comments are closed.