Sajhedari Daily
Latest News from Nepal

अवैध रक्सी भट्टीमा प्रहरीले छापामारी  नष्ट

अनिल कुमार साह

ईलाका प्रहरी कार्यालय प्रसौनीले केहि समयदेखि अवैध रुपमा संचालनमा रहेको अवैध रक्सी भट्टीमा प्रहरीले छापा मारी आज नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखमा प्रहरी निरिक्षक बिन्देश्वर यादव आएपछि अवैध गतिविधि न्युनिकरण हुदै गएको पनि छ सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय प्रसौनी बाट प्रहरी नायब निरिक्षक श्यामबाबु यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले फेटा गाँउपालिका वडा नम्बर १ त्रिवेणीमा स्थानीय कृष्णा यादव र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ ठुलो नौतनमा स्थानीय जितेन्द्र पटेलले संचालन गरेको रक्सी भट्टीमा छापामारी गरी अवैद्य मदिरा तथा मदिरा निर्माण गर्ने सामानहरू कब्जामा लिएको हो।

छापामारीको क्रममा प्रहरीले भट्टीमा रक्सी बनाउनका लागी तयारी अवस्थामा राखिएको कच्चा पदार्थ तिन हजार लिटर (२ ड्रम)र ३ सय ५० लिटर तयारी रक्सी बरामद गरेको प्रहरी निरीक्षक बिन्देश्वर यादवले बताए । यस्तै रक्सी राख्ने ठुलो ड्रम ३ वटा नष्ट,ठुलो ड्रम २ वटा र एक वटा रक्सी बनाउने मेशीनलाई पनि नियन्त्रणमा लिएको उनले बताए । ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखमा प्रहरी निरीक्षक यादवले सम्हालेदेखि अवैध कार्यमा प्रहरीले सक्रियताका साथ निगरानी बढाएको प्रहरीले जनाएको छ । अहिले गलत प्रबृत्तिका ब्यक्तिहरुमा त्रास पैदा भएको छ । केहि समयदेखी सक्रिय रहेका उनीहरुले भने यादवले जिम्मेवारी सम्हालेदेखि त्रसिएका भन्ने जन आवाजहरू सुन्न पाइरहेको छ।