Sajhedari Daily
Latest News from Nepal

ठेकेदारहरुले बालगंगा खोलामा मापदण्ड विपरित उत्खनन् गर्दै ,खोतियोग्य जमिन र गाउँवस्ती डुवान हुने जोखिम, नियमनकारी निकाय मौन

जिल्लाको विभिन्न खोलाहरुमा ढुंगा, गिट्टी र बालुवाको उत्खनन् भईरहेको छ । ठेक्का लगाउने निकायकै निकम्मापन कै कारण ठेकेदारहरुले मापदण्ड विपरित उत्खनन् गरिरहेका छन ।

ठेक्का लगाउन निकाय जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयकै कारण ठेक्का लगाएको बालगंगा खोलामा जथाभावी उत्खनन् भईरहेको छ ।

मापदण्ड विपरित उत्खनन्का कारण बालगंगा खोला करिब २० फिटसम्म खाडल भएका छन । बढि उत्खननले खोलाको सतह गहिरो भएका कारण उक्त खोला क्षेत्रका हजारौ हेक्टर कृषियोग्य जमिनहरु काटनको जोखिममा छन ।

ठेकेदारहरुले सम्झौता भन्दा वढि उत्खनन् गरिरहेको गुनासो विभिन्न माध्यमबाट सार्वजनि भईरहेपनि नियमनकारी निकाय उपमहानगरपालिका मुकदर्शक झै बनिरहेको छ ।

ठेकेदारले ठुला जेसीबीहरुको प्रयोग गरेर तोकिएको मापदण्ड विपरित गएर ५ गुणा बढि ढुंगा गिट्टी र बालुवा उत्खनन् गरिरहेका छन ।

सम्झौता अनुसार ५९ हजार ८ सय ३२ घनमिटर उत्खनन् गर्न पाउने सम्झौता भएपनि सम्झौता भन्दा बढि नदिजन्य पदार्थ उत्खनन् गरिरहेका छन ।

गुनासो आएपछि डिभिजन वन कार्यालय बाराले अनुगमन गरेर सम्बन्धीत निकायहरुलाई सचेत गराउदा पनि सो वारे कुनै चासो नदिएको वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी गराए ।

वन प्रमुख अहमदले आफुलाई गुनासो आएपछि अनुगमनमा गएको र अनुगमनका क्रममा ‘खोलाको अवस्था क्षतविक्षत रहेकोले सचेत गराएको तर कारवाही गर्ने निकाय आफु नभएकोले कारवाही गर्न नसकिएको बताएका छन ।

जथाभावी उत्खनन्का कारण खोलाको विचभागमा झण्डै २० फिटका जतिकै खल्डा खुल्डी भएको छ । ठेकेदारले एक्साभेटरहरुको प्रयोग गरेर उत्खनन गरिहेका छन ।

नियम अनुसार ठेकेदारहरुले खोलाको सतहबाट बढीमा तीन फिटसम्म गहिराइ बनाएर गिटी,बालुवा निकाल्न मिल्ने प्रवधान छ तर उनीहरुले त्यसको पाँच गुना बढि गहिराईमा बनाएर गिटी,बालुवा निकालिरहेका छन ।

खोला उत्खननका विषयमा जिल्ला संमन्वय समितिका प्रमुखको नेतृत्वमा जिल्ला अनुगमन समिति भएपनि अनुगमन हुन सकेको छैन ।

अनुगमन तथा कारवाही नहुनुमा ती निकायहरुकै मिलेमतोमा उत्खनन भईरहेको स्थानीयहरुको आरोप छ । जीतपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख डा. कृष्ण पौडेकै आदेशमा दुई वटा एक्साभेटर मेसिन प्रयोग गरि उत्खनन गर्न अनुमति दिएको एक स्थानीयले आरोप लगाएका छन ।

उत्खनन्कै कारण खोला आसपासका खोतियोग्य जमिन र गाउँवस्ती डुवान हुने जोखिम बढ्ेकोले मापदण्ड विपरीत उत्खनन् रोक्न नागरिक दवाद आवश्यकता परेको जीतपुरसिमरा उपमहानगरपालिका १६ का एक स्थानीयले साझेदारीलाई बताए ।

 

Comments are closed.

error: Content is protected !!