Sajhedari Daily
Latest News from Nepal

जेठ ३० गतेसम्म पर्सामा जिल्लामा निषेधाज्ञा रहने

हाल जारी रहेको निषेधाज्ञालाई पर्सामा बुधबार फेरि थप गरिएको छ । डिसिसिएमसीको सम्पन्न बैठकले जारी निषेधाज्ञालाई थप गर्दै अगामी जेठ ३० गते मध्य राति १२ बजेसम्म लम्ब्याउने निर्णय भएको हो छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको निर्णय अनुसार पर्सा जिल्ला भरि आगामी जेठ ३० गतेसम्म निषेधाज्ञालाई थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

कोरोना सँक्रमणको चेक ब्रेक गर्नको लागि गत बैशाख १६ गतेदेखि जारी भएको निषेधानज्ञा अगामी जेठ ३० गते मध्य राति १२ बजेसम्म कायम रहने जनाईएको छ ।

निषेधाज्ञा अवधि भरि औषधी उपचार एवं आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाईने छैन ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन ।

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला ब्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त सवारी साधनहरु संचाल नर्गन दिईने जनाईएको छ ।

यस्तै सार्वजनिक एवं नीजि सेवा प्रवाह हाललाई निषेधाज्ञा अवधि भरि स्थगन गरिएको जनाईएको छ । समयमा अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ब्त्ः लगायतका विद्युत्तीय कारोबारमा जोड दिन भनिएको छ । निषेधाज्ञा अवधि भरि बीरगंज नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

कार्यालयका कूल कर्मचारीको एक चौथाई कर्मचारी मात्र उपस्थित भई अति जरुरी सेवा प्रदान गर्न पाईने छ ।निषेधाज्ञाको बेलामा उद्योग, कलकारखानाहरुले कर्मचारी एवं श्रमिकहरुलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी उद्योग सञ्चालन गर्न सक्नेछन ।

Comments are closed.

error: Content is protected !!