Sajhedari Daily
Latest News from Nepal

प्रहरी निरिक्षक यादवको अर्को सफलता

अनिल कुमार साह
प्रसौनी, २१ जेठ
ईलाका प्रहरी कार्यालय प्रसौनी बाराको प्रमुखमा प्रहरी निरिक्षक बिन्देश्वर यादव आएपछि सो क्षेत्रमा अवैध गतिविधि न्युनिकरण हुदै गएको छ ।
उनले एक माथि अर्को सफलता हात पार्न सफल भएका छन । उनको नेतृत्व को टोलीले करिब ६० हजार बराबर मूल्यको चोरी पैठारीको लताकपडा, किराना सामानहरु बरामद गरी भन्सार दाखिला गरेका हुन।
यस कार्यालयाबाट विभिन्न मिति, समय र स्थानमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको मुल्य रू.६–हजार बराबरको विभिन्न किसिमका लाताकपडा, किराना सामानहरू बेवारीसे अवस्थामा फेला परेको हुँदा उक्त मालसामान बरामद गरी आज बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको छ।
यसअघि पनि केहि समयदेखि अवैध रुपमा संचालनमा रहेको अवैध रक्सी भट्टीमा छापामारी गरी नष्ट गरेका थिए। ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखमा प्रहरी निरीक्षक यादवले सम्हालेदेखि अवैध कार्यमा प्रहरीले सक्रियताका साथ निगरानी बढाएको प्रहरीले जनाएको छ।
अहिले गलत प्रबृत्तिका ब्यक्तिहरु त्रसित भएका छन । केहि समयदेखी सक्रिय रहेका उनीहरुले भने यादवले जिम्मेवारी सम्हालेदेखि त्रसिएको एक स्थानीयले बताए ।

Comments are closed.