Sajhedari Daily
Latest News from Nepal

बजेट बाँड फाँटमा विभेद भएको भन्दै करैयामाई वडा अध्यक्षहरुको विरोध

करैयामाई, ५ असार
बजेट बाँड फाँटमा वडाहरुलाई विभेद गरेको भन्दै बाराको करैयामाई गाउँपालिकाका वडा अध्यक्षहरुले विरोध जनाएका छन।
गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि स्वीकृति बजेट मध्ये गाउँपालिकाले वडागत वटेज सिलिङ्क कम पठाएको भन्दै विरोध गरेका हुन । गाउँपालिकाका ८ वटै वडाअध्यक्षहरुले शनिवार संयुक्त विज्ञप्ती जारी गर्दै ध्यानाकार्षण गराएका छन ।
गाउँपालिकाको बजेट तथा योजना निर्धाणरण समितिले वडाहरुलाई हेप्ने प्रवृतिले वडागत बजेट सिलिङ्क पठाएकोले आफुहरुले विरोध जनाएको वडा नम्बर १ का वडाअध्यक्ष सोनालाल साहले बताएका छन । गाउँपालिकाले वडाहरुलाई कनिका छर्ने गरि बजेट दिने गरेको र सम्पुर्ण वजेटहरु गाउँपालिका स्तरमै राख्ने गरेको वडाअध्यक्ष साहले आरोप लगाए । आफुहरुको माग सम्बोधन नभए आगामी गाउँपरिषद समेत सहभागित नहुने साहले बताए ।
आगामी चालु आर्थिक बर्षमा गाउँपालिकाको लागि कुल २७ करोड ८४ लाख केन्द्र सरकारले विनियोजन थियो । गाउँपालिकाले ८ वटै वडाहरुमा कुल २ करोड ६० लाख मात्र छुट्याएको वडाअध्यक्ष साहले जानकारी दिएका छन ।
गाउँपालिकाले वडाहरुलाई वडा नम्बर १ लाई ३२ लाख १० हजार, वडा नम्बर २ लाई २० लाख ८९ हजार, वडा नम्बर ३ लाई २७ लाख ४९ हजार, वडा नम्बर ४ लाई २३ लाख ४८ हजार, वडा नम्बर ५ लाई ३७ लाख, वडा नम्बर ६ लाई २५ लाख, वडा नम्बर ७ लाई ४९ लाख ७४ हजार र वडा नम्बर ८ लाई ४४ लाख ३० हजार वरावरको वजेट सिमा निर्धारण गरेको हो ।