Sajhedari Daily
Latest News from Nepal

नेपाल विद्यार्थी संघद्वारा कोभिड -१९ काे महामारी पिडितलाई कोसेली स्वरुप खाद्य्य सामाग्री वितरण

अनिलकुमार साह

अमलेखगंज, ७ असार

नेपाल विद्यार्थी संघ जितपुर सिमरा उपमहानगर समिति द्वारा कोभिड -१९ काे महामारी बाट पिडित ,अशक्त तथा असहाय व्यक्तिहरुलाई कोसेली स्वरुप खाद्य्य सामाग्री आज वितरण गरिएको छ।

संविधान सभा सदस्य मधु शाही ठकुरीको अगुवाइमा सो राहत वितरण कार्यक्रम सम्पन्न गरिएको थियो। जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ र २२ अमलेखगंजका स्थानिय वासिन्दाहरुलाई सो राहत वितरण गरिएको थियो। दुवै वडाका गरी ७० जनालाई ३०/३० किलोग्रामको चामलको बोरा, तेल, दाल र नुन वितरण गरिएको जानकारी गराइएको छ।

सो राहत वितरण कार्यक्रममा ने.का.का वडा नं. २१ का सभापति राजकुमार मान्नधर , २२ का सभापति केदार विष्ट, शेखर काजी रुम्बा, ने.वि.संघ की नि.वर्तमान केन्द्रीय सदस्य मेघा शाही, प्रदेश नं. २ ने.वि. संघकी संयोजक रिता रिजाल, कृष्ण पौडेल, सागर तिवारी, जीवन राई, लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो। सो राहत वितरण कार्यक्रमका अध्यक्षता ने.वि .संघ नगर सभापति लक्ष्मिकान्त पौडेलको रहेको थियो भने कार्यक्रम बारे ने.वि.संघ नगर समिति का सचिब धिराज कार्कीले जानकारी गराएका थिए।