Sajhedari Daily
Latest News from Nepal

सिम्रौनगढको पाचौ नगरसभा सम्पन्न, ३२ करोड, ३ लाख ५८ हजारको बजेट प्रस्तुत

सिम्रौनगढ नगरपालिकाको पाचौ नगरसभा एक कार्यक्रमका बिच नगरप्रमुख बिजयशंकर यादवले पानसमा बती बाली उदघाटन गर्नुभएको छन ।

उदघाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले नगरको बिकासका लागि आफु सधैव लागी परेको प्रतिवद्धता ब्यतm गर्नुभयो ।

सिम्रौनगढ नगरपालिकालाई देश कै नमुना नगरपालिकाको रुपमा बिकास गर्नेका लागि आफु रातदिन लागीपरेको चर्चा गर्दै मेयर यादवले एतिहासिक, पुरातात्वीक, एवम धार्मिक महत्व बोकेको यस नगरीको बृहतर बिकासका लागि सिम्रौनगढ नगरपालिकाले वृहतर बिकासको योजना ल्याएको भन्दै नगरका नागरिकहरुलाई हरेका प्रकारको सुबिधा उपलब्ध गराउनका लागि पनि आफनो पहल रहेको उहााको भनाई रहेको छ ।

सिम्ौनगढ नगरपालिकाकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, बिधुत, पुल पुलेसा, कलर्भट, बाटोघाटो निर्माण, ढलान, वृक्षारोपन लगायतका प्रभावकारी रुपमा काम अगाडी बढाएको मेयर यादवले बताउनुभयो ।

सिम्रौनगढ नगरपालिकालाई हराभरा बनाउदै यहाका एतिहासिक संरचनाहरुलाई सजाई बाहय तथा भित्री पर्यटकहरुलाई ल्याउने खालका कामहरुपनि अगाडी बढाएको हो ।

यसैगरि नगरसभाबाट आर्थिक बर्ष २०७८/७९को अनुमानित ३२ करोड ३ लाख ५८ हजारको बजेट मेयर यादवले प्रस्तुत गर्नुभएको थियो । बितिय समानिकरण अनुदान १४ करोड ७३ लाख, राजस्व बाडफाड ८ करोड ९४ करोड, ५८ हजार, आर्थि स्रोत २ करोड ६१ लख, प्रदेश तर्फबाट ७५ लाख, अन्य प्रस्ताविक आय ५ करोड गरी ३२ करोड ३ लाख ५८ हजार बजेट बिनियोजन गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका उपमेयर रिमादेवी कुसवाहा, निमित कार्यकारी अधिकृत बिरेन्द्र प्रसाद साह, योजना अधिकृत जितेन्द्र यादव, लेखाअधिकृत सर्मेन्द्र कुमार चौधरी, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको उलेख्य सहभागिता रहेको थियो । नगरसभा बिगत सालको तुलनामा यस पल्ट निकै सोहाद्र्ध पुर्ण रुपमा सम्पन्न भएको थियो ।

Comments are closed.

error: Content is protected !!