Sajhedari Daily
Latest News from Nepal

बारामा पनि मनाईयो धान दिवस

‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १८औं राष्ट्रिय धान दिवस मंगलवार अर्थात असार १५ गते देशभर मनाइएको छ ।

कोरोना संक्रमणको जोखिम बीच देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका मनाईएको छ । विविध कार्यक्रममको आयोजना गरि मनाइएको हो।

यसैगरी बाराका पनि विभिन्न स्थानिय तहहरुले मंगलवार खेतमा धानको विउ रोपाइ गरी यो दिवस मनाएका हुन। आजका दिन दहि चिउरा खाने चलनलाई निरन्तरता दिँदै धेरै किसानहरूले दहि चिउरा पनि खाएर यो दिवस मनाएका हुन ।

प्रत्येक वर्ष आजको दिन धान दिवस देशको ७५३ ओटै स्थानीय तहहरुले मनाए तापनी किसानका समस्याहरू जस्ताको त्यस्तै रहेको छ। किसानहरूलाई उचित सिँचाई, बिउ, मल, कृषि उपकरणहरू लगायतको समस्याहरू यथावत नै रहेको छ।

चालु आ.व. २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले बताएको छ । करिब १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ । संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औं स्थानमा पर्छ ।

Comments are closed.

error: Content is protected !!