Sajhedari Daily
Latest News from Nepal

पर्सामा चट्याङ्ग लागेर तीन जनाको मृत्यु

मंगलवार पानीसँगै परेको चट्याङ्ग लागेर पर्सामा बिहान तीनजनाको ज्यान गएको छ ।पानीसँगै परेको चट्यांङ्ग लागेर जिल्लाको पटेर्वासुगौली गाउँपालिका, जिरा भवानी र सखुवा प्रसौनी गाउँपालिकामा एक/एक जना गरि तीनजनाको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

भैँसी चराउन गएका सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर-४ देवरबाना टोलका ५५ वर्षका रघुवीर यादवको मृत्यु भएको छ । यस्तै पटेर्वासुगौली वडा नम्बर-१ गदियानी बस्ने २७ वर्षका रोसलान गदीको पनि चट्याङ्ग लागेर मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन ।

त्यस्तै जीराभवानी गाउँपालिका वडा नम्बर ३ जीतपुर बस्ने ५० वर्षकी असतुरनी देवी थरुनीको पनि चट्याङ्ग लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।चटयाङ लागेर तीन जना घाईते समेत भएका छन ।उनीहरुको उपचार भईरहेको छ ।

Comments are closed.

error: Content is protected !!