Sajhedari Daily
Latest News from Nepal

पर्यावरण जोगाउन जीतपुरसिमराका युवाहरुले बृक्षरोपण 

अनिलकुमार साह

सिमर , २६ असार

रुख बिरुवा मासिँदै गएको हुनाले पर्यावरणमा गम्भिर असर पर्न थालेको भन्दै जीतपुरसिमराका युवाहरुले आज वृक्षारोपण गरेका हुन।

आज खाली रहेका जमिनहरुमा बृक्षरोपण गरेका हुन । इन्द्रेणी युवा क्लव र हाम्रो युवा समाज लगायत संस्थामा आवद्ध युवाहरुले सो सराहनीय कार्य गरेका हुन। सशस्त्र प्रहरीसँग सहकार्य गरी दुधौरा नदी किनारमा वृक्षारोपण गरिएको छ। नदि कटान पनि नियन्त्रण गर्ने भन्दै विभिन्न जातको एक हजार बिरुवाहरु रोपेको जानकारी गराइएको छ। आज युवा समाज फेसबुक र टिकटोकमा व्यस्त रहेका बेला जितपुर-सिमरा का युवाहरुले यस्तो काम गरेर सबैका लागि उदाहरण बनेका छन्।

शसस्त्र प्रहरीसँगै नेपाल बाल सङगठन बारा जिल्ला सभापति त्रिलोकबिक्रम शाह, भुमिसम्बधि समस्या आयोग बाराका सदस्य चयन गुरुङ, भरतबहादुर खड्का , इन्द्रेणी युवा क्लबका अध्यक्ष कपिल खरेल , सचिव सरोज खनाल , हाम्रो युवा समुहका अध्यक्ष प्रताप रिजाल , लगायतका युवाहरुको सहभागीता सो बृक्षारोपण कार्याक्रममा सक्रिय रहेको थियो भन्ने जानकारी गराइएको छ।

Comments are closed.

error: Content is protected !!