Sajhedari Daily
Latest News from Nepal

किर्ते सवारी पास बनाउने उपकरण सहित दुई जना पक्राउ

बारा प्रहरीले किर्ते सवारी पास बनाउने उपकरण सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ना. १ ज ७२८८ न. को सुमो गाडीको धनी जिल्ला बारा कलैया उपमहानगरपालिका वडा न.१७ बस्ने उमेश प्रसाद जैसवालको छोरा बर्ष २१ को जयनारायण प्रसाद जैसवाल र पसल संचालक जिल्ला बारा कलैया उपमहानगरपालिका वडा न.३ बस्ने बर्ष ३० को गोपाल प्रसाद साहलाई पक्राउ गरेको हो ।

प्रहरीले जैसवालसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखत समेत किर्ते गरी बनाइएको नक्कली सवारी पास सहित पक्राउ गरेको छ ।

जयसवाललाई प्रहरीले शनिवार बाराको पथलैया चोक स्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा कलैयादेखि काठमाण्डौ जानको लागि आएको ना. १ ज ७२८८ न. को सुमो गाडीको कागजातहरु चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

सो विषयको थप अनुसन्धान गर्ने क्रमम जयसवालले उक्त किर्ते पास जिल्ला बारा कलैया उपमहानगरपालिका वडा न.४ स्थित मालपोत कार्यालय अगाडी रहेको दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट बनाएको भनि खुल्न आएकोमा उक्त पसल खानतलासी गर्ने क्रममा थप ३ थान नक्कली सवारी पास तथा उक्त पास बनाउन प्रयोग गरिएका निम्न उपकरण सहित पसलका संचालक गोपाल प्रसाद कलवारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरा बारामा राखी लिखत सम्बन्धी कसुर (किर्ते मुद्दा) मा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comments are closed.

error: Content is protected !!