Sajhedari Daily
Latest News from Nepal

सर्वोच्चको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन

अनिलकुमार साह

नेपाली काँग्रेस लगायत विभिन्न पार्टीका कार्यकर्ताले न्यायलयमा न्याय मरेको रहेनछ भन्दै खुसीयालीमा आज बारा सहित देशैभरी दीप प्रज्वलन गरेका हुन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाका लागि परमादेश जारी गरेपछि बाराको सिमरा लगायत जिल्लाका विभिन्न भागमा दीप प्रज्जवलन गरिएको छ। सर्वोच्च अदालत को सो सराहनीय कार्यको सम्मान स्वरुप बारा जितपुर-सिमरा उपमहानगरपालिका अन्तर्गतको सिमारामा पनि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले सर्वोच्चको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन गरेका छन। सो कार्यक्रममा जीतपुर-सिमरा उपमहानगरपालिकाका नेपाली काँग्रेसका नगर सभापति श्यामबावु गुप्ताको संयोजनमा भएको थियो। सो कार्यक्रममा जनता समाजवादी पार्टीका नेता सोहन शर्माले समेत मन्तव्य राखेका थिए। सो कार्यक्रममा जीतपुर-सिमरा उपमहानगरपालिका वडा नं.२ का अध्यक्ष दीपक पण्डित , सचिव सन्तोष कार्की , छविलाल शर्मा , राधादेवी साह , विनोद मण्डल , ठगई ठाकुर , नवीन बराल , विजय बम्जन , विष्णु लामिछाने लगायतको सहभागिता रहेको थियो ।