Sajhedari Daily
Latest News from Nepal

 कोभिड १९ जागरण र सहयोग कार्यक्रम सम्पन्न

धिरेन्द्र पनुहर

कोल्हबी

बाराको कोल्हबिमा अवस्थित थारु सेवा सदनको सभा हलमा थारु महिला सभा केन्द्रिय कार्य समितिको आयोजनामा शनिबार १ दिने कोभिड १९ जागरण तथा सहयोग कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथी थारु कल्याण कारणी सभा कार्य समितिको केन्द्रिय सदस्य हृदय नारायण चौधरी बिशिस्ट अतिथी थारु कल्याण कारणी सभा  जिल्ला कार्य समिति बाराका सभापति रामप्रसाद चौधरी अतिथिहरु गाउँ इकाइ कमिटि कोल्हबीका सभपती रामबाबु चौधरी ,उपसभापति जय प्रकाश चौधरी सदस्य रामनाथ चौधरी लगाएतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथी समेत रहनु भएका चौधरीले बुद्ध थारुको सन्तान रहेकोले हामी सबैथारुले बुद्धको मार्ग्मा हिड्नकोलागी आग्रह समेत गर्नु भयो ।कोभिडको बेलामा आफू सुरक्षित रहि समाजलाई पनि सुरक्षित राख्नको लागि विभिन्न किसिमको उपायहरु उपनाउन जानकारी दिनु भयो। कार्यक्रममा स्वास्थ कर्मी रिता देवि चौधरीले कोभिड १९ सङ सम्बन्धित लक्ष्यण र रोकथामको बारेमा प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा कोभिड १९ को कारण मृत्युु भएका आफन्तलाई नगद रु पाच हजारको दरले पाचजनालाई राहतस्वरुप था क स केन्द्रिय सदस्य हृदय नारायण चौधरीले बितरण गर्नु भएको हो।

कार्यक्रमको मुख्य सहयोगीको रुपमा थारु एण्ड फ्रेन्डस अमेरिका रहेको थियो भने सह आयोजक थारु महिला सभा जिल्ला कार्य समिती बारा रहेको थियो।कार्यक्रम संचालक महिला सभाकी सचिव सन्ध्या राय चौधरीको र स्वागत मनतब्य रामप्रसाद चौधरीले गर्नु भएको थियो।