Sajhedari Daily
Latest News from Nepal

उपमहानगरको लाखौ राजश्व उठ्न सकेन

बाराको जीतपुुरसिमरा उपमहानगरपालिकाले आन्तरिक राजश्व संकलन गर्ने उदासिन बनेको छ । उपमहानगरपालिकाले जीतपुुरमा रहेको १ सय ३३ वटा सटरको भाडामा लगाएको छ । उक्त सटर भाडाबाट उपमहानगरपालिकालाई लाखौ राजश्व आउने गरेको छ । जीतपुुरका ब्यवसायीहरुले सट्र भाडा नतिर्दा उपमहानगरपालिकाको लाखौ राजश्व उठ्न सकेको छैन । जीतपुरसिमरा उपमहानगरपालिकाको आफ्नै मातहतको जीतपुुर क्षेत्रमा रहेको १ सय ३३ वटा सटरको भाडा करिब दुुई बर्षदेखि उठ्न सेको छैन ।

सटर भाडा लिने व्यवसायीहरुले भाडादर बढि भएको भन्दै विरोध गरेर भाडा बुझाएको छैनन् । जीतपुर बजारभित्रका व्यापक स्पमा सटर भाडाको मुुल्य उपमहानगरपालिकाले घटाएर डबल सटरको बाहिरको मुुल्य ३ हजार ९ सय ९५, भित्रको ३ हजार ५५ रुपैया कायम गरेको छ । उपमहानगरपालिकाले निर्धारण गरेको मासिक भाडामा ५३ प्रतिशत छुुट दिँदा पनि ब्यपारिहरु सट्र भाडा तिर्न तयार छैनन् । सटर भाडा लिने व्यवसायी र उपमहानगरपालिकाको प्रतिनिधिहरुवीच पटक पटक वार्ता भएपनि सटर भाडा बिवादले निकास नदिएपछि व्यावसायीहरुले अझै भाडा बुझाएका छैनन् ।

भाडा बिवादले समाधान गर्न सटर ब्यवसायीहरुको प्रतिनिधि र उपमहानगरपालिकावीच मासिक भाडामा ५३ प्रतिशत भाडा घटाउँने सहमती भएको थियो । तर भाडा सङ्घर्ष समितिको सहमतिमै घटाईएको उक्त भाडा दर अन्य ब्यवसायीहरुले नमान्दा उक्त सहमति अनुसार पनि व्यावसायीहरुले भाडा नतिर्दा उपमहानगरपालिकाको करोडौ राजश्व संकलन हुन नसकेको छैन । लाखौ राजश्व रहेको उक्त रकम उठाउन उपमहानगरपालिका असक्षम भएको छ । करोड भन्दा वढि भाडा रकम उठाउन उपमहानगरपालिकाले कडाई गरि उक्त रकमलाई विकास निर्माणको कार्यमा खर्च गर्न उपमहानगरपालिका नेतृत्ववर्गलाई आग्रह छ ।