Sajhedari Daily
Latest News from Nepal

६१ सदस्यीय युवा संघ गठन

जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघ बाराले शनिवार एक कार्यक्रमको बिच सुवर्र्ण गाउँपालिका वडा नं. ६ मा वडा स्तरीय ६१ सदस्यीय समाजवादी युवा संघ गठन गरेको छ ।

पार्टी नेपाल निकट समाजवादी युवा संघ बारा जिल्ला अध्यक्ष सुजित पाण्डेयको अध्यक्षतामा गठन गरेको हो । कार्यक्रममा प्रदेश सभा सदस्य बच्चा राउत अहिरको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथी सुवर्ण गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव, उपाध्यक्ष बबिता यादव, समाजबादी युवा संघ प्रदेश–२ प्रदेश सदस्य उपेन्द्र यादव, समाजबादी युवा संघ बारा सह सचिव शेख मेह्ताब लगायतका पार्टी नेता तथा युवाहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।