Sajhedari Daily
Latest News from Nepal

मन्दिर निर्माणको लागि उपभोक्ता समिति गठन

कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित जिर्ण अवस्थामा रहेको मन्दिर पुनः निर्माणको लागि शनिवार उपभोक्ता समिति गठन गरिएको छ ।

वडा नं. ४ स्थित रहेको पुरानो सातोमाई मन्दिर जिर्ण अवस्थामा पुगि सकेको कारणले सो मन्दिर पुनः निर्माणको लागि वडा स्तारीय बजेटबाट रु.१५ लाख बजेट छुटयाइएको रकम सञ्चालन गर्न उपभोक्ता समिति गठन गरिएको हो ।

कलैया उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जटाशंकर सहनीको अध्यक्षतामा सातोमाई मन्दिरको प्रागंणमा बैठक गरि सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको वडाअध्यक्ष सहनीले जानकारी दिएको छ ।

प्रभावकारी रुपमा चाँडो भन्दा चाँडो मन्दिर निर्माणको लागि गोविन्द कुमार साहको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको वडाअध्यक्ष सहनीले जानकारी गराएका हुन । सो बैठकमा स्थानिय भद्रभलादमीहरु लगायतको सहभागिता रहेको थियो ।

Comments are closed.

error: Content is protected !!