Sajhedari Daily
Latest News from Nepal

समस्या समाधान गराउन दवाव दिने – युवाहरु

कलैया उपमहानगरपालिकाका विभिन्न समस्याहरूलाई समाधान गराउन सम्वन्धित निकायलाई घचघचाउनको लागि शनिवार युवाहरुको एक भेलाले विभिन्न निर्णयहरु गरेका छन ।

शहरी गरीबी निवारण मञ्च तथा जन कल्याण परिषद वैधनाथपुरका युवाहरु मिलि कलैयामा भएका विभिन्न समस्यहरुलाई समाधान गराउन सम्बन्धि निकायलाई दवाव दिने निर्णय गरेको हो ।

शहरी गरीबी निवारण मञ्चका अध्यक्ष रबिन्द्र प्रसाद साहको अध्यक्षतामा सो बैठक सम्पन्न गरिएको थियो । सो बैठकले कलैया उपमहानगरपालिकाका वडाहरू तथा लुमन्ति आवाशको लागि सहयोग समूहसित सहकार्य गरी कलैया नगर भित्र रहेका सामुदायिक समस्याहरू समाधान गराउनको विभिन्न रणनीति बनाएर अगाडि बढ्ने मञ्चका अध्यक्ष साहले जानकारी दिए ।

बैठकमा भवानीपुर उपभोक्ता समितिका अध्यक्ष भदै महरा, सचिव नाथुराम लुमन्तिका सामुदायिक सहजकर्ताहरु सूर्य राज पासवान,सरीता कुशवाहा, अजय यादव, इन्जिनियर विवेक तिवारी, सुधाकर यादव, मञ्चका सदस्यहरू तथा परिषदका सदस्यहरू लगायतको युवाहरुको सहभागिता रहेको थियो। बैठकमा सञ्चालन मञ्चका कार्यक्रम संयोजक शिवनाथ रामको रहेको थियो ।