Sajhedari Daily
Latest News from Nepal

सँगालो सहकारीको ५८ लाख ४२ हजार २ सय ८२ रुपैया नाफा

बाराको सिमरा स्थित सँगालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १० औँ बार्षिक सधारण सभा सम्पन्न गरेको छ ।

आर्थिक बर्ष २०७७-०७८ मा संस्थाले ३ सय २४ जना शेयर सदस्यहरु बीच १० करोड ६६ लाख ६६ हजार १७ रुपैयाको कारोबार गरेको सहकारीका अध्यक्ष सालिकराम अधिकारीले जानकारी दिनुुभयो ।

२६ जना शेयर सदस्यहरुबाट सुुरु गरेको आर्थिक कारोबार सँगालो बचत तथा ऋण सहकारी संस्थाले हालका दिनमा ७ करोड ३४ लाख रुपैया निक्षेप सङ्कलन गर्दै ८ करोड ८६ लाख रुपैया शेयर सदस्यहरु बीच लगानी गरेको सहकारीका कोषाध्यक्ष निराजन थापाले जानकारी दिनुुभयो ।

आर्थिक बर्ष २०७७÷०७८ मा ५८ लाख ४२ हजार २ सय ८२ रुपैया नाफा कमाएको संस्थाले शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभाँस बितरण गर्ने संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिनुुभयो ।

प्रदेश सभा सदस्य सुुन्दर बहादुुर बिश्वकर्माले औपचारिक कार्यक्रमको उद्घाटन गर्दै उत्पादनमुुखी लगानीमा जोड दिनुुभएको थियो । प्रदेश सरकारले प्रदेशको लागि सहकारी ऐन ,कानुुन बनाउँनै क्रममा रहेकाले सहकारीकर्मीहरुलाई आवश्यक सरसल्लाह दिन अनुुरोध गर्नुुभयो । उहाले सँगालो बचत तथा ऋण सहकारी सँस्थाको भवन निर्माणमा आर्थिक सहयोग गर्ने प्रतिबधता समेत जनाउँनुुभयो ।

बारा सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुुरले बैँक भन्दा सहकारीसँग आर्थिक कारोबार गर्नुु हरेक दृष्टिकोणले लाभदायी हुुने कुुरामा जोड दिनुुभयो ।कार्याक्रममा उत्कृष्ट कारोबारीको रुपमा जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.४ बस्ने साबित्री क्षेत्री ,वडा नं.१ बस्ने अरुण चौधरी,उत्कृष्ट बचतकर्ता तर्फ वडा नं.१ बस्ने राजुु कुुमार श्रेष्ठ र वडा नं.३ बस्ने सानुुमाया श्रेष्ठ र उत्कृष्ट कर्मचारीतर्फ ईन्दिरा थापा सम्मानित भएका छन् ।

कार्याक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष राजुु अधिकारी,जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुुमार साह ,बारा होटल ब्यवसायी संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,लेखा परिक्षक सरोज भट्ट लगायतको सहभागिता रहेको थियो ।