Sajhedari Daily
Latest News from Nepal

आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष अंसारीले पत्रकारलाई कुटपिट

बाराको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुुस्तुुफा अंसारीले एक पत्रकारलाई कुुटपिट गरेका छन् ।

एम्बुुलेन्सको रिपोर्टिङग गर्न पुुगेका पत्रकार नुुरआलम बादसाहलाई गाउँपालिका अध्यक्ष अंसारीले दशजनाको सङ्ख्यामा रहेका मानिस सहित कुुटपिट गरेको पिडित पत्रकार बादशाहले आरोप लगाउँनुुभयो ।

जसपा अध्यक्ष उपेन्द्र यादबको जुुलुुसमा एम्बुुलेन्स चालक शेख सफरुदिन गएको कुुरालाई उजागड गर्न खोज्दा आक्रोसित गाउँपालिका अध्यक्ष अंसारीले आफनो दलबल सहित आफुुमाथि हातपात गरेको पत्रकार बादशाहले आरोप लगाएका छन् ।

यता गाउँपालिका अध्यक्ष मुुस्तुुफा अंसारीले आफुुले कसैलाई कुुटपिट नगरेको बताएका छन् । पत्रकार बादशाहको आफनै भाई नाता पर्ने एम्बुुलेन्स चालक रहेको बताए ।

दुुबैले आफनो घरायसी बिवादको कारण झैझगडा गरेको बताएका छन् । आफुुले पत्रकार बादशाहलाई कुुट्नुु भन्दा दुुबैलाई झै झगडा गर्नबाट रोकेको बताएका छन् । पत्रकार बादशाह सिम्रौनजढ स्थित स्थानीय रेडियो बादलमा आबद्ध रहेका छन्