Sajhedari Daily
Latest News from Nepal

जाली नोंटको कारोबार गर्ने एक गिरोह पक्राउ

जाली नोंटको कारोबार गर्ने एउटा गिरोहका पाच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्युरोको अनुसन्धानमा बाराको निजगढस्थित होटल तारा इनबाट नक्कली नोंटको कारोबारमा संलग्न ३ जनालाई शनिवार नियन्त्रणमा लिए पश्चात बारा प्रहरीले थप २ जनालाई रौतहटको गुजरा नगरपालिका वडा नं.२ बाट आईतावर दिउँसो ३ बजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउँ पर्नेमा बारा करैयामाई गा.पा वडा न.५ बस्ने वर्ष ३६ को बिशेश्वर प्रसाद चौधरी, बारा कलैया उ.म.न.पा.वडा नं.९ रामपुर टोल बस्ने वर्ष २४ को सागर शुक्ला र जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. ९ टेङरहर टोल घर भई हाल बारा बिश्रामपुर गा.पा वडा न. ५ ईटियाही टोल बस्ने वर्ष २५ को राजु कुशवाहा र रौतहट गुजरा नगरपालिका वडा नं.३ बलुवा टोल बस्ने वर्ष २४ को सुनिल कुमार राम.र वर्ष ३६ को रबिन्द्र कुमार चौधरी रहेका छन् ।

निजगढ र रौतहटको गुजराबाट पक्राउ परेका उनीलाई नक्कली नोंटसहिँत जिल्ला प्रहरी कार्यालय कलैया, बारामा राखिएको प्रहरी प्रबक्ता गौतम मिश्राले बताएका छन । काठमाडौँबाट आएको व्युरोको टोलीले शनिवार निजगढबाट पक्राउँ परेका ब्यक्तिहरु भाग्न खोज्र्दा नियन्त्रणमा लिई खानतलासी गर्ने क्रममा उनीहरुको झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा नक्कली नेपाली नोट रू.१०००÷– दरको २५ थान नोट फेला परेको थियो ।

प्रहरीले उनीहरुले प्रयोग गरेका होटलमा पार्किङ गरेको बा १४ च ९३८२ नं. को स्कारपियो गाडी एक थान, बा ९१ प ७४३५ नं. को मोटरसाईकल एक थान ,. समेत बरामद गरीएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ने.रू. एक हजार दरको नोट अकारको प्रति गड्डी एक सय थान भएको जम्मा ९३ गड्डी कागज, ने.रु.एक हजार दरको नोट ३९ थान र बि.आर.०५ कियुु. ४६१० नं. को सुपर स्पलेण्डर मोटरसाइकल १ थान र प्रदेश २–०३–००१प ४२६५ नं.को २२० सिसि पल्सर मोटरसाइकल एक थान बरामद भएको प्रबक्ता मिश्रले जानकारी दिएका छन ।

पक्राउ परेकाहरुलाई मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद अनुमति लिई थप लिई अनुसन्धान गरिरहेको छ । ।