Sajhedari Daily
Latest News from Nepal

सड्कको धुलोले आक्रान्त बनेका जीतपुरका ब्यपारीहरुद्धारा ४ घण्टा चक्काजाम

जीतपुुरसिमरा उपमहानगरपालिकाको जीतपुुरमा सड्कको धुुलोले आक्रान्त ब्यपारीहरुले आईतवार तीन घण्टा आफनो ब्यपार ब्यवसाय बन्द गरी चक्काजाम गरेका छन् ।

धुुवाधुुलोले आफनो ब्यपार ब्यवसाय चौपट भएको भन्दै जीतपुुरका ब्यपारीहरुले ४ घण्टा चक्काजाम गरेका हुुन् । स्थानीय प्रशासन र प्रहरीको सहकार्यमा चक्काजाम खुुलाईएको छ ।

बिरगंज पथलैया ब्यपारिक मार्गको कार्यालयले नियमित रुपमा सड्कमा पानी छर्कने प्रतिबद्धता जनाएपछि आन्दोलनकारीहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

उनीहरुले बिरगंज पथलैया ब्यपारिक मार्गलाई सड्क छिटो बनाउँन दबाब समेत दिएका थिए । ब्यपारिहरुले दिउँसो १ बजे देखि चक्काजाम गरी ४ बजेसम्म कायम राखेका थिए ।

जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष मनोज गुुप्ता ,महासचिव शिवजी साह सोनार ,रेडिमेड ब्यवसायी संघ जितपुुरका अध्यक्ष प्रकाश गिरी ,युुवा नेता मनोज साह लगायत ब्यपारीब्यवसायीहरुको सहभागिता रहेको थियो ।