Sajhedari Daily
Latest News from Nepal

वन तथा वातावरण मन्त्री यादवको कलैयामा भव्य स्वागत

बारा–पर्सा वन प्राविधिक संघ बाराले नवनियुक्त वन तथा वातावरण मन्त्री रामसहाय यादवको भव्य स्वागत गरिएको छ ।

वन प्राविधिक संघ बाराको आयोजनामा कलैया उपमहानगरपालिका वडा नं. ५ मा रहेको डिभिजन वन कार्यालय बाराको नर्सरीको प्राङ्गाणमा आज नवनियुक्त वन तथा वातावरण मन्त्री यादवको भव्य स्वागत तथा वडा दशैं, शुभ दिपावली र छठ्ठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

बारा पर्सा वन प्राविधिक संघका अध्यक्ष राजदेव प्रसाद यादवको अध्यक्षता र वन तथा वातावरण मन्त्री रामसहाय यादवको प्रमुख आतिथ्यमा सो भव्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो।मन्त्रि यादवलाई दोसल्ला ओढाएर तथा फूलमाला लगाएर सम्मान गरिएको थियो।

सो कार्यक्रमका विशिष्ट अथितिहरु प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, प्रदेश सभा सदस्य पारस प्रसाद साह,प्रदेश वन निर्देशनालयका प्रदेश निर्देशक जगन्नाथ प्रसाद जयसवाल, अतिथिहरूमा बारा, पर्सा डिभिजन वनका विभिन्न पदाधिकारीहरु लगायतकाले बारा सहित प्रदेश नं. २ मा नै रहेको वन संग सम्वन्धित समस्याहरू, निजगढ अन्तर्राष्ट्रिय एयरपोर्टको समस्या,चुरे संरक्षणको समस्या,मेची महाकाली रेलवेको समस्या,लगायतको समस्याहरु राखेर मन्त्री यादवलाई उचित सुझाव समेत दिएका थिए।

त्यसैगरी बारा सहित प्रदेश नं.२ सहित पुरा मधेश कै समस्याको रुपमा रहेको वन तथा वातावरण सम्बन्धि समस्याहरू सक्दो चाँडै समाधान गरिने बताए।

प्रदेश नं. २ तथा बाराको वनजङ्गल कसरी जोगाउन सकिन्छ भन्ने बारे यो कार्यक्रममा प्रस्तुत गरिएको विग्यहरुको सल्लाह र सुझाव एक दमै सराहनीय रहेको तथा आफू यस्तो नयाँ नयाँ वातावरण मैत्री प्रविधिहरु अपनाएर अगाडि बढ्ने प्रतिवद्धता पनि मन्त्री यादवले व्यक्त गरेका थिए।

Comments are closed.

error: Content is protected !!