पोखरिया नगरपालिकाले कर्मचारी भर्ना गर्न लागेपछि त्यस्को विरोध

राम मण्डल
360 पाठक संख्या

पर्साको पोखरिया नगरपालिकाले कर्मचारी भर्ना गर्न लागेको भन्दै त्यस्को विरोध गरिएको छ ।

नगरपालिकाले छोटो अवधिको सूचना निकालेर कर्मचारी नियुक्ति गर्न लागेको भन्दै त्यस्को विरोध गरिएको हो ।

विभिन्न राजनीतिक दलहरुले यो गैर कानुनी भएको भन्दै त्यस्को विरोध गरेका हुन् ।

नगरपालिकाले यही महिनाको ७ र १० गते सूचना प्रकाशन गरेर बिभिन्न पदहरुमा करारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै दलहरुले विरोध गरेका छन ।नगरपालिकाले कम्प्युटर अपरेटर, सुपरभाईजर,अनमी,अहेब लगायतका पदहरुमा कर्मचारी भर्ना गर्ने जनाएको छ ।नगरपालिकाले एक हप्ताको समय दिनु गैर कानुनी भएको आरोप लागेको हो ।

नगरपालिकामा भएका कर्मचारीहरुलाई तलब समेत खुवाउन नसक्ने अवस्था रहेको बेलामा आफनो आसेपासेलाई कर्मचारीको रुपमा भर्नाको लागि बिज्ञापन गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सचिव सुरेन्दप्रसाद सिंहले आरोप लगाए । नगरपालिकाको कर्मचारी भर्ना गर्ने मापदण्ड समेत नपुगेको उनले जनाए ।

आफ्नो कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्नको लागि नगरपालिकाले मौखिक र अन्र्तवार्ता मात्रै लिएर भर्ना गर्न लागेकोले त्यसलाई रोक्नुपर्ने नेकपा माओवादी केन्द्र पोखरिया नगर कमिटीका अध्यक्ष पन्नालाल  कुर्मीको भनाई छ ।पोखरिया नगरपालिकामा पहिले देखि ब्यापक रुपमा बेतिथि भएको उनले बताए ।

कर्मचारीहरु चाहिने भए नियम अनुसार भर्ना प्रक्रियामा जानुपर्ने रास्वपाका पर्सा जिल्ला सँयोजक दिलिप कुर्मीले बताए ।पोखरिया नगरपालिकाले बितेको ७ र १० गते दुई वटा बिज्ञापन गरेर करारमा कर्मचारी भर्ना गर्न लागेको छ ।

तर नियम अनुसार भर्ना प्रक्रिया नमिलेको र आफना आसेपासेलाई रकमको लोभमा परि भर्ना गर्न लागिएकोले नगरपालिकाको बिरोधमा राजनीतिक दलहरु उत्रिएका हुन् ।

यस सम्बन्धमा राजनीतिक दलहरुले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्

Leave a review