प्रहरी निरीक्षकमा बढुवा भएका हनुमान राउत अहिरलाई दर्ज्यानी चिन्ह प्रदान

साझेदारी डेलि
81 पाठक संख्या

वीरगञ्ज । नेपाल प्रहरीमा प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका हनुमान राउत अहिरलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ।
‎
‎नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेश तथा गृह मन्त्रालयका सचिवस्तरीय निर्णयअनुसार २०८३ कात्तिक १२ गते भएको बढुवा निर्णयबमोजिम अहिरलाई २०८३ मंसिर ७ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा बढुवा गरिएको हो।
‎
‎सोही अवसरमा आइतबार नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज, पर्सामा आयोजित विशेष कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरको प्रमुख आतिथ्यतामा अहिरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
‎
‎प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम १२९ को उपनियम (२) र (२क) को देहाय (ख) बमोजिम भएको बढुवापछि आयोजित सुशोभन कार्यक्रममा प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
‎
‎दर्ज्यानी चिन्ह प्रदानसँगै प्रहरी निरीक्षकको नयाँ जिम्मेवारी सम्हाल्नुभएका अहिरलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

Leave a review