डुमरवाना भेट्रान क्लब बाराको आयोजनामा मंसिर १९ गते देखी डुमरबानामा भेट्रान कप फूटबल प्रतियोगिता हुने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित डुमरवाना खेलमैदानमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी गराइएको हो ।
प्रतियोगितामा आयोजक डुमरवाना भेट्रान सहित १२ वटा टिमले भाग लिने आयोजकले जनाएको छ ।
२५ गते सम्म संचालन हुने प्रतियोगितामा पहिलो हुने टिमले १ लाख र दोस्रो हुने टिमले ५० हजार नगद तथा ट्रफी प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भरत कर्णेलले जानकारी दिएका छन ।


