पालिका स्तरीय नीति तथा वकालत क्षमता विकास तालिम

रञ्जन यादव
424 पाठक संख्या

राष्ट्रिय कृषक समूह महासंघले बाराको सिमरामा पालिका स्तरीय नीति तथा वकालत क्षमता विकास तालिम दिएको छ ।

कृषक समूह महासंघका प्रतिनिधिहरुलाई नीति तथा वकालत क्षमता विकास तालिम प्रदान गरेको हो ।

दुई दिने तालिममा बारा र रौतहट जिल्लाका चार वटा स्थानीय तहको करिब २५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिममा राष्ट्रिय कृषक समूह महासंघका केन्द्रिय सचिव रामहरी शर्मा,अंकिता नेपाल र बलिराम शाहले सहजिकरण गरेका थिए ।तालिममा पालिका तहका कृषि र खाद्यसंग सम्बन्धित नीतिगत र ब्यवहारिक अभ्यासमा किसानको अर्थपूर्ण सहभागिताको विषयमा प्रकाश पारिएको थियो ।

पेशागत सम्मानको अवस्थाकोलागि खाद्य अधिकारको स्थानीयकरणको विषयमा सो अवसरमा प्रशिक्षण दिइएको थियो ।वास्तविक किसानको सवालमा सार्थक वकालतकोलागि सम्बन्धित समितिहरुमा महासंघको प्रतिनिधित्वको विषयमा प्रकाश पारिएको थियो ।नेपालको संबिधानमा बिद्यमान बिभिन्न मौलिक हक लगायतको बिषयमा प्रशिक्षण दिएको थियो ।

तालिममा जीतपुरसिमरा उपमहानगरपालिका,कलैया उपमहानगरपालिका,गौर नगरपालिका र गढीमाई नगरपालिका क्षेत्र भित्रका कृषक समूह महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds