पथलैयाबाट ९ केजी गाँजासहित दुई जना पक्राउ

रञ्जन यादव
272 पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले ९ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङ छन् ।

बुधवार बिहान पौने २ मा पथलैया चोकमा उनीहरू सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

आरोपीहरू बागमती प्रदेश–०२–०२९ प १६०९ नम्बरको मोटरसाइकलमा सवार थिए । यसैबिच बारा र पर्साका बिभिन्न स्थानबाट प्रहरीले बिजक भन्दा बढीको ४ हजार किलो प्याज बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटेको प्रहरी टोलीले विल बिजक भन्दा बढी ७२ हजार रुपैयाँ मूल्य बराबरको प्याज बरामद गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा जाँच गर्दा पथलैया चोकबाट ना ६ ख ९००४ नम्बरको यात्रुबाहक बस र बा.प्र ०१–००६ख ५४३३ नम्बरको यात्रुबाहक बसबाट १ हजार किलो प्याज बरामद गरीएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साको परवानीपुरबाट पनि ठूलो परिमाणमा भन्सार छलीको प्याज बरामद गरेको छ ।

बीरगञ्जबाट जीतपुरतर्फ जादै गरेको अवस्था प्रहरीले जाँच गर्दा भन्सार छलीको प्याजसहित पिकअप गाडी पक्राउ गरेको हो । परवानीपुरबाट पक्राउ गरिएको पिकअप गाडीबाट प्रहरीले ३ हजार किलो प्याज बरामद गरेको जनाएको छ ।

प्रहरीले प्याजसति ना ३ च ३१५० नम्बरको पिकअप बरामद गरेको हो । बरामद गरिएको पिकअपसहित प्याज थप अनुसनधानका लागि सम्बन्धित निकायमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds