कलेज र नगर उद्योग वाणिज्य संघबिच अन्तरक्रिया

रञ्जन यादव
338 पाठक संख्या

काठमाडौं बर्नहार्ट कलेजबाट आएका बिद्यार्थीहरु र जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघबिच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रियामा नगर उद्योग बाणिज्य संघले बारा पर्साका औद्योगिक करिडोरको बिषयमा बिद्यार्थीहरुलाई जानकारी गराएको हो ।

बारा –पर्सा औद्योगिक करिडर र पर्यटकयि गन्तब्यहरुमा पाँच दिवसीय शैक्षिक अवलोकन भ्रमणको क्रममा विद्यार्थिहरु यहाँ आएका हुन् । शिक्षक र बिद्यार्थीहरु जीतपुरस्थित नगर उद्योग बाणिज्य संघको कार्यालयमा विद्यार्थिहरु गएका हुन् ।

नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, उद्योग वाणिज्य संघका सदस्य रिता कडेँल,रिना पुरी,आशा दाहाल र रञ्जना तिवारीले आफनो अनुभव साझा गरे ।

उनीहरुले औद्योगिक करिडोरको बिषयमा जानकारी गराएका हुन् । अन्तरक्रियामा उधोगि– ब्यापारी,विद्यार्थि र उद्योग वाणिज्य सघको सम्बन्ध तथा बर्तमान अवस्थामा ब्यावसायिक गतिबिधि बारेमा जानकारी सहित आ आफ्नो अनुभव साझा गरिएको थियो ।

Leave a review