मोटरसाईकल दुर्घटना हुदा युवकको मृत्यु

रञ्जन यादव
306 पाठक संख्या

मोटरसाईकल दुर्घटना हुदा बाराको जितपुरमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक वीरगंज महानगरपालिका ३२ बस्ने अन्दाजी वर्ष २७ को दिपक शर्मा रहेको ईलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

वीरगंज पथलैया राजमार्गमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

सिमरा भएर जीतपुर आउदै गरेको ना १ ज ३५२७ नम्बरको टाटा सुमोले ना ५९ प ३९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । जेब्रा क्रसिङमा रोकिरहेको बेला टाटासुमोले ठक्कर दिए पछि शर्मा गम्भीर घाईते भएका थिए ।

उनको वीरगंजस्थित एलएस न्युरोमा उपचारको क्रममा मृत्यु भएको हो । यता प्रहरीले टाटा सुमो चालक फरार रहेकोले उनको खोजी कार्य गरिरहेको जनाएको छ ।

Leave a review