प्रहरीले संयुक्त राज्य अमेरिकाबाट पार्सलमा आएको लागु औषध सहित तीनजनालाई सोमबार पक्राउ गरेको छ ।
विदेशबाट लागु औषध डिलेभरी हुँदैछ भन्ने सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी जनाएको हो ।
बाराको कलैया उप–महानगरपालिका वडा नं.१ मोतिबाग स्थित रहेको जिल्ला हुलाक कार्यालय कलैया, बारा नजिक विदेशबाट आएको कार्टुन समेत उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका वडा नं.१ टोल सिसवा वारी बस्ने वर्ष २२ को नैमोदिन मियाँ सोही वडाको बजार छपकैया बस्ने वर्ष २७ को जितेन्द्र साह सोनार
त्था सोही वाको बजार छपकैया बस्ने वर्ष २२ कृष्णा सर्राफ
रहेका छन् ।
उनीहरुलाई लागु औषध गाँजा सहित नियन्त्रणमा लिईलागु औषध मुद्दा दर्ता गरी बारा जिल्लाअदालत बाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Popcorn mix Trio लेखिएको रातो रंगको टिनको डब्बा भित्र गाँजा तीन पाकेट बरामद गरिएको छ । Old fashioned oats लेखिएको डब्बा भित्र गाँजा एक प्याकेट बरामद भएको प्रहरीले जनाएको छ ।
Quick oats लेखिएको डब्बा भित्र गाँजा एक प्याकेट,गरी गाँजा एक किलो १४६ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।


