माघ १३ गतेदेखि तेस्रो मनहर्वा गोल्डकप हुदै

साझेदारी दैनिक
369 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मनहर्वामा तेस्रो मनहर्वा गोल्डकप हुने भएको छ ।

प्रतियोगिताको आयोजक जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।

माघ १३ गतेदेखि उक्त फुटबल प्रतियोगिता हुने जनाईएकोछ प्रतियोगितामा आयोजक टिम सहित ८ वटा टिमको सहभागिता रहन छ ।

माघ २० गते सम्म चल्ने प्रतियोगितामा नव दुर्गा युवा क्लब सिमरा,हानामी बि.एफ.सि चितवन,रिगल हेटौंडा रिसोर्ट मकवानपुर,बागमती युवा क्लब सर्लाही,रौतहट एफसि रौतहट,नमस्ते युवा क्लब हरिवन,वीरगंज युनाईटेड वीरगंज र आयोजक श्री मौवा देवी युवा क्लब सहभागि हुने आयोजकले जनाएको छ ।

नव दुर्गा युवा क्लब सिमरा दोस्रो मनहर्वा गोल्ड कपको बिजेता समेत हो ।

प्रतियोगिताको विजेताले नगद दुईलाख र उपविजेताले एकलाख रुपैंया पुरस्कार पाउने छन्। यस्तै फेयर प्लेको आधारमा सेमिफाईनको दुईटिम मध्य कुनै एकटिमलाई नगद २५ हजारको फेयर प्ले अवार्ड प्रदना गरिने छ ।

यसैगरी २० हजारको एकजनालाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार, प्रतियोगिता भरिकै सर्वाधिक गोलकर्ता (हाई स्कोर) लाई नगद २० हजार,विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षकलाई १५ हजार,डिफेन्स,मिड फिल्डर एक÷एक जनालाई नगद १० हजारका दरले प्रदान गरिने भएको छ ।

त्यसैगरी उत्कृष्ट टिम प्रशिक्षक,टिम म्यानेजरलाई ५÷५ हजार, स्थानीय उदयीमान खेलाडी पुरस्कारबाट एकजनालाई ५ हजार र प्रत्येक दिनको उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) नगद २ हजार ५ सय प्रदान गरिने आयोजक क्लबका अध्यक्ष निर्मल कुमार यादवले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds