मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले देशमा संघीयता मधेस प्रदेशका जनताकै कारण आएको बताएका छन ।
जनकपुरधाममा शुक्रवार आयोजित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मधेश प्रदेश र नेपाल कानून समाजको संयुक्त आयोजनमा प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावि रणनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन ।
‘देशमा संघीयता ल्याउने मधेस प्रदेश नै हो । मधेस प्रदेशका सम्पूर्ण जनताले आन्दोलन गरेबापत यो देशमा संघीयता आएको हो ।’ मुख्यमन्त्री यादवले भने, संघीयता मधेशलाई नै चाहिएकाले स्थानीय तह र प्रदेश सरकारवीच समन्वय गरेर अघि बढनु पर्ने बताउनुभयो ।
उनले नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे भएपपनि प्रदेश सरकार र स्थानीय तह बीचको समन्वयलाई व्याख्या नगर्दा संघीयतालाई नै कमजोर हुने काम भएको बताए।
सोही अवसरमा बोल्दै मुख्यमन्त्री यादवले संघीयताले मधेशको गाँउ गाँउ सम्म विकासको अनुभूति गराएको दावी गर्दै राजतन्त्र देखी प्रजातन्त्र सम्म मधेशले भोगेको हविगत हामीसबै सामु छर्लङ्ग रहेको बताउनुभयो ।
संघीय सरकारले प्रदेशलाई अहिले पनि व्यवस्था गरेको बताउदै संघले जुन प्रकारको अधिकार दिनुपर्ने त्यो नदिएको मुख्यमन्त्री यादवले गुनासो गरेका छन
कार्यक्रममा,मधेश सरकरका प्रतिनिधि,स्थानीय तहका प्रतिनिधि,मधेश प्रदेश सभाका सभासदहरु,गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

