करण कुमार मिश्र/
रौतहटको माधव नारायण नगरपालिका नगरसभाको ९ औं अधिवेशन सोमबार भव्याताका साथ सम्पन्न भएको छ ।
माधव नारायणको प्राङ्गणमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको ९ औं अधिवेशन उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको हो ।
नगरप्रमुख बैजनाथ प्रसाद यादवको सभाअध्यक्षतामा सम्पन्न भएको नगरसभाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ४९ करोड ७४ लाख ७२ हजारको बजेट प्रस्तुत गरेको छ ।
संघीय वित्तीय समानिकरण अनुदान ११ करोड १० लाख, प्रदेश वित्तीय समानिकरण अनुदान ७९ लाख ७६ हजार,संघीय राजश्व बाड्फाड ९ करोड ९७ लाख,प्रदेश राजश्व बाडफाड ४० लाख,संघीय सशर्त अनुदान २० करोड ९७ लाख,प्रदेश सरकारको सशर्त अनुदान ९५ लाख,संघीय सरकारको समपुर्क अनुदान १ करोड ८५ लाख,संघीय सरकारको विशेष अनुदान १ करोड ७० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख,प्रदेश सरकारको समपुर्क अनुदान २० लाख र तराई मधेस समृद्धि कार्यक्रमको लागि १ करोड ५० लाख गरि उक्त बजेट प्रस्तुत गरिएको नगर प्रमुख यादवले बताएका छन् ।
शिक्षा,स्वास्थ्य,कृषि,यातायात,खानेपानी,विधुत,भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए ।
समुन्नत भौतिक,आर्थिक र सामाजिक पुर्वाधार सहित सांस्कृतिक रूपमा मौलिक र उत्कृष्ट नगरपालिका बनाउने कुरामा जोड दिइएको छ। मानवीय तथा भौतिक विकासको पक्षमा ध्यान दिई आर्थिक विकासको आधार तय गर्ने तर्फ केन्द्रित रहने उल्लेख छ।
विद्यार्थीहरुको पठन पाठनमा व्यापक सुधार ल्याउन प्रतेक सामुदायिक विद्यालयमा सिसिटिभी जडान गारिने, पालिकाको प्रशासनिक भवन निर्माण कार्य लाई यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिने,नगर भित्र विभिन्न स्थानमा प्रतीकक्षालय सार्वजनिक सौचालय तथा सामुदायिक भवन निर्माण गरिने आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा समेटिएको छ।
आर्थिक वर्षको अन्त्यमा आएर असारे विकास गर्ने परिपाटीको अन्त्य गरिदै आर्थिक वर्षको शुरुमा नै योजना बनाएर काम शुरु गर्ने र समयमा नै नगरपालिकाको कार्यक्रम सम्पन्न गरिने निति तथा कार्यक्रम मा उल्लेख छ।
नगर बासीको चाहना भावना माग एवं आवश्यकता लाई केन्द्र मा राखी काम गर्ने मेयर यादवले बताए । नगर प्रमुख बैजनाथ प्रसाद यादवको अध्यक्षतामा भएको ९ औं नगर अधिवेशनमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, उपमेयर निर्मला देवी रमण,सम्पुर्ण वडा अध्यक्ष,कार्यपालिका सदस्य,कर्मचारी,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

