कोल्हवीमा भेटियो मृत अवस्थामा जंगली हात्ती

साझेदारी दैनिक
221 पाठक संख्या

कोल्हवी : बाराको कोल्हवीमा एउटा जंगली हात्ती करेन्ट लागी मृत अवस्थामा भेटिएको छ ।

कोल्हवी नगरपालिका वडा नम्बर २ भलुआईखोरमा करेन्ट लागेर हात्ती मृत भेटिएको हो ।

बस्ती नजिकैको जंगलमा हात्ती मृत अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुने बितिकै घटना स्थालमा ईलाका प्रहरी कार्यालय कोल्हवी र सशस्त्र बेस क्याम्प कोल्हवीका सुरक्षाकर्मीहरुले हात्ती भेटिएको स्थानलाई घेरा हालेर सुरक्षा दिएको थिए ।

हात्तीको मृत्यु भएको कारण खुल्न सकेको छैन र मृत हात्तीको पोस्टमार्टमको रिपोर्ट आइसकेपछि मृत्युको कारण पता लाग्ने स्थानीय प्रहरीले जनाएको छ ।

निकुञ्जबाट प्राविधिकसहितको टोली घटनास्थलमा आएर पोस्टमार्टमको लागी आवश्यक प्रक्रिया अगाडी बढाएको कोल्हवी प्रहरीले जनाएको छ ।

स्थानीयको अनुसार खेतबारीमा लगाएको धान बाली खान उक्त हात्ती आएको बेला करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ ।

Leave a review