मोटरसाईकल दुर्घटनामा एकको मृत्यु,एक गम्भिर घाईते

रञ्जन यादव
201 पाठक संख्या

बाराको निजगढमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालकको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

निजगढ रतनपुर सडकखण्डमा हुँदा मोटरसाइकल दुर्घटना भएको हो । निजगढ स्थित रतनपुर सडकखण्डको मोडमा प्रदेश २ ००६ प २७८० नम्बरको एनएस पल्सर २०० रातो सेतो रङ्गको मोटरसाईकल रुखमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

दुर्घटनामा परि निजगढ नगरपालिका वडा नं.१३ भक्तलाल निबासी वर्ष २६ का मोटरसाईकल चालक सुरेन्द्र घलानको घटना स्थलमै मृत्युु भएको छ भने सोही मोटरसाईकलमा पछाडि सवार सवारी धनी वर्ष ३५ का राम बहादुर बोम्जन (बोम्जन झाक्री)गम्भीर घाईते भएका छन।

घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

Leave a review