१० क्वीन्टल दाउरा र दुई थान साल काठको गोलीया बरामद

साझेदारी दैनिक
192 पाठक संख्या

जीतपुर : पर्साको सब डिभिजन बन कार्यालय बसन्तपुरले १० क्वीन्टल दाउरा र दुई थान साल काठको गोलिया बरामद गरेको छ ।

शुक्रबार राती गस्तीको क्रममा ५ वटा साईकलमा लोड गरिएको दाउरा र शनिबार दुई वटा काठको गोलिया बरामद भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

सबडिभिजन बन कार्यालय बसन्तपुर र भतौडा पोस्टबाट खटिएको बन गस्ती टोलीले जीराभवानी गाउँपालिका वडा ५ स्थित भलुवाही खोला नजिकैको बन क्षेत्रबाट साईकल सहित दुई थान गोलिया बरामद भएको हो ।

काठ तस्करले नजिकै साईकल राखि काठको गोलिया बनाउँदै गरेको अवस्थामा बन गस्ती टोली आएको सुईको पाई तस्कर काठको गोलिया र साईकल छोडि फरार भएको रेञ्जर बिजय यादबले जानकारी दिए । नियन्त्रणमा लिएको ६ वटा साईकल र बरामद करिब ९ क्युफिटको काठको गोलियालाई भतौडा पोस्टमा राखिएको छ ।

शुक्रबार राती जीराभावानी गाउँपालिका वडा नं.१ को बनक्षेत्रबाट नियन्त्रणमा लिएको करिब १ ट्याक्टर दाउरालाई सब डिभिजन बन कार्यालय बसन्तपुरमा राखिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

TAGGED:
Leave a review