गाडिभित्र प्रहरीको कार्यालय सहयोेगीको शब फेला

रञ्जन यादव
355 पाठक संख्या

बारा : गाडिभित्र प्रहरीको कार्यालय सहयोेगीको शब शनिबार फेला परेको छ।

शव प्रहरीकै कार्यालय सहयोगीको रहेको प्रहरीले खुलाएको हो। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–११ मा मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टि गरेको छ।

फेला परेको उक्त शव प्रहरीको कार्यालय सहयोगी ४५ वर्षीय राजकुमार रुम्बा रहेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ निवासी रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए । बागमती नम्बरको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र प्रहरीका भान्से रुम्बाको शव भेटिएको हो।

शब भेटिएको गाडी बारा सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको हो।

मृतकको टाउँको पछाडि गहिरो चोट लागेको बारा प्रहरीले जनाएको छ। हत्या गरिएको अनुमान रहेतापनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न सकिने अवस्था नरहेको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक खड्काले बताए।

Leave a review

This will close in 0 seconds