कलैया : राजेश कुशवाहा / नेपाल राष्ट्रवादी संयुक्त मोर्चा बाराले सोमबार कलैयामा स्वर्गीय राजा वीरेन्द्र शाहको ७९ औ जन्मजयन्ति मनाएको छ।
मोर्चा बाराले कलैयाको भरत चोकमा स्व.राजा शाहको तस्वीरमा फूलमाला अर्पण गरेको हो। उसले मिठाई बितरण गरी जन्मजयन्ति मनाएको हो।मोर्चा बाराका अध्यक्ष असर्फीलाल साहको अध्यक्षतामा उक्त जन्मजयन्ति मनाएको हो ।
सो अवसरमा राजाबादी अयोध्या साह,मुनीलाल साह,देवराज साह कलवार,अरबिन्द प्रधान,कस्तुरी लाल साह,रमेश अग्रवाल,बृजकिशोर साह,गोलिया देवी लगायतको सहभागिता रहेको थियो।


