लोटस आधारभूततह अन्तर स्कुल फुटबल प्रतियोगिता सुरु

साझेदारी दैनिक
306 पाठक संख्या

जीतपुर : बाराको सिमरामा आठौँ लोटस आधारभूततह अन्तर स्कुल फुटबल प्रतियोगिता लोटस एकाडेमीको खेल मैदानमा आईतबारदेखी सुरु भएको छ ।

माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एन प्याप्सनमा आबद्ध नगरभित्रका १० वटा विद्यालयले भाग लिइरहेका छन ।

प्रतियोगिता अन्तरगत पहिलो दिनको खेलमा लोटस एकाडेमीले साना किसान शिक्षा सदनलाई ३–१ गोलले पराजित ग-यो। लोटसका क्याप्टेन गौरव चौधरीले दुई गोल गर्दा दिवस क्षेत्रीले एक गोल गरे।

साना किसानतर्फबाट गौरव भुजेलले एकमात्र गोल गरेका थिए ।दोस्रो खेलमा राष्ट्रिय विभूति शिक्षा सदनले एकता स्कुललाई १–० ले हरायो। राष्ट्रिय विभूतिका कमल चौधरीले निर्णायक गोल गरे ।

प्रतियोगिताको उद्घाटन मधेश प्रदेश एन्फाका कोषाध्यक्ष शम्भु सिंह ठकुरीले गरेका छन । लोटस एकेडेमीका संस्थापक प्रिन्सिपल रामप्रसाद अधिकारीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा नगरका विभिन्न विद्यालयका प्रिन्सिपल,शिक्षक,पत्रकार र स्थानीय बासिन्दाहरूको उपस्थिति थियो।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका लोटसका खेलाडी गौरव चौधरीलाई भेटरान क्लबका अध्यक्ष सोनु क्षेत्रीले म्यान अफ द म्याचको ट्रफी प्रदान गरे । त्यसैगरी,दोस्रो खेलका लागि राष्ट्रिय विभूतिका गोलकिपर आश्रित चौधरीलाई लोटसका सहायक प्रिन्सिपल चन्द्रबहादुर लिम्बुले म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।

यसैगरी सोमबार ७ गते पहिलो खेल सिमरा पब्लिक स्कूल र अक्षरा पाठशालाबीच हुनेछ। दोस्रो खेल होली गार्डेन र एक्स सर्भिसम्यानबीच खेलिनेछ ।

कार्यक्रमको सञ्चालन लोटस एकेडेमीका शिक्षक रामप्रसाद पोखरेलले गरेका थिए भने स्वागत मन्तव्य सहायक प्रिन्सिपल चन्द्रबहादुर लिम्बुले दिएका थिए।

Leave a review

This will close in 0 seconds