पचरौता : नूर आलम बादशाह/ पचरौता नगरपालिका–७ मा शुक्रबार पालिका हुलाक सेवा कार्यालयको स्थापना गरिएको छ ।
नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय स्थापना गरिने नीति अन्तर्गत पचरौता नगरपालिकामा हुलाक सेवा कार्यालयको स्थापना गरिएको हो ।
जिल्ला हुलाक कार्यालय बाराले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख जलंधर सिंहले कार्यालयको उद्घाटन एक कार्यक्रमविच गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले जनतालाइ छिटो छरितो सेवा प्रवाह गर्नका लागि नेपाल सरकारले सबै पालिकामा हुलाक सेवा कार्यालय स्थापना गरेको उनले जनाए। उनले सेवाको उपयोग गर्न स्थानीयलाई आग्रह गरे ।
कार्यालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव,गगनदेव प्रसाद यादव,जिल्ला हुलाक कार्यालय प्रमुख सहित स्थानीयको सहभागिता रहेको थियो।

