जीतपुरसिमराले विभिन्न कार्यक्रमको आयोजना मनायो प्रजातन्त्र दिवस

रञ्जन यादव
222 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा बुधवार झण्डोत्तलन,ंकार्यालय परिषर भित्र सरसफाई र मैनबत्ती बालेर दिपावली कार्यक्रमको आयोजना गरेर प्रजातन्त्र दिवस मनाएको हो ।

नगर प्रमुख राजन पौडेलले नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका विच झण्डोत्तलन गर्नु भएको हो । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

झण्डोत्तलन एवं सरसफाई कार्यक्रममा बोल्दै नगरप्रमुख राजन पौडेलले नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र आएको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले प्रत्येक वर्ष कार्यक्रमको आयोजना गरेर प्रजातन्त्र दिवस मनाउदै आएको बताएका छन ।

सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण नगरप्रमुख पौडेलले गराउनुभयो । त्यस्तै निजगढ नगरपालिकाले पनि झण्डोत्तलन एवं बिद्यार्थीसँग अन्तरक्रिया गरी प्रजातन्त्र दिवस मनाएको हो ।

Leave a review

This will close in 0 seconds