कोल्हवी : बाराको कोल्हवीमा मुख्य कार्यालय रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विहीबार कोल्हवीमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
सहकारी संस्थाले आफ्नो १७ औँ स्थापना दिवसका अवसरमा उक्त खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको संस्थाका उपाध्यक्ष पृथ्वीराज सिवाकोटीले रक्तपोका हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा ६ जना महिला र ३१ जना पुरुष गरी ३७ जनाले रक्तदान गर्नुभएको संस्थाका मुख्य प्रबन्धन बासुदेव रिमालले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटीको प्राविधीक सहयोगमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
तामागढी सहकारीले आफ्नो स्थापना दिवसका अवसरमा हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । सहकारीले १७ औँ स्थापना दिवसका अवसरमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
यसैगरी तामागढी बचत तथा ऋण सहकारी संस्थाले बाराले बिहीबार नै एक कार्यक्रमका बिच कोल्हवी प्राथमिक स्वास्थय केन्द्र कोल्हवीलाई ८१ हजार बराबरको थ्री सिटर १० थान ३० जना बस्न मिल्ने स्टिलको चयर वितरण गरेको छ । १७ औं स्थापना दिवसको अवसरमा सामाजिक सेवा अन्तर्गत रहेर उक्त स्टिलको चयर सहयोग गरेको मुख्य प्रबन्धक रिमालले बताउनुभयो ।
उपाध्यक्ष पृथ्वीराज शिवाकोटीको अध्यक्षतामा भएको वितरण कार्यक्रममा सहकारीका सहसचिव रामकाजी खड्का,कोषध्यक्ष कालीका भण्डारी,संचालक मोकदम अंसारी लगायतको सहभागीता रहेको थियो ।

