प्रसौनामा भयो सार्वजनिक सुनुवाई

साझेदारी दैनिक
361 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ बाराको कोल्हवी नगरपालिका वडा नम्बर ६ प्रसौनामा शनिबार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ।

कोल्हवी नगरपालिकाको प्रायोजनमा यहाँ रहेको श्री जनता माध्यमिक बिधालय ककडी परसौनाको प्राङ्गणमा सो कार्यक्रम सम्पन भएको हो।

कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बत्ति बालेर सार्वजनिक सुनवाई कार्यक्रमको उद्घाटन गरेका हुन्।

सो कार्यक्रममा रामबिलास माझी,बिजेन्द्र चौधरी,बलराम अधिकारी, पुरनदेव चौधरी,मोहन चौधरी लगायतकाले शिक्षा,स्वास्थ्य,भौतिक पूर्वाधार,कालोपत्रे सडक कृषि सडक,किसानको समस्या सम्बन्धी जिज्ञासाहरु राखेका थिए।

जनताबाट आएको गुनासो र समस्याहरुलाइ कसरी समाधान गर्ने बारेमा प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल र नगर प्रमुख रामप्रसाद चौधरीले जानकारी दिएका थिए।

सो कार्यक्रममा कोल्हवी नगरपालिका वडा ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,५ का नन्दकिशोर चौधरी,६ का दिनेश चौधरी र ८ का अध्यक्ष अनुप सुवेदीले आ आफ्नो वडाको गतिविधि र प्रगति बिवरण प्रस्तुत गरेका हुन्।सार्वजनिक सुनुवाई कार्यक्रम अन्तर्गत पहिलो चरणमा कोल्हवी नगरपालिका वडा नम्बर ३,५,६ र ८ का जनप्रतिनिधि र वडाबासीहरुको उपस्थिति रहेको थियो ।

ज्ञानेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत इन्दिरा चौधरी तथा सञ्चालन धिरेन्द्र पनुहरले गरेका थिए।

Leave a review

This will close in 0 seconds